
नेपालगन्ज । खजुरा वडा नम्बर ६ उढरापुरमा रहेकाे सैयद कृषि सहकारी संस्थाले शनिबार आफ्ना सदस्यहरूबीच अन्तरक्रिया गरेकाे छ ।
शनिबार एक कार्यक्रमकाे आयाेजना गरि सेयर सदस्यहरूकाे उपस्थितिमा अन्तरक्रिया गरेकाे हाे । सहकारीका अध्यक्ष समसुदुहा खान (बद्दाम) काे अध्यक्षता भएकाे कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै उपाध्यक्ष मल्लले समसुदुहाले नेतृत्व गरेपछि सहकारीले राम्रो गर्दै गईरहेकाे भन्दै यसलाई किसानकाे हितमा रहेर काम गर्नुुपर्ने बताउनुभयाे । उहाँले पालिकाले पनि हुन सक्ने कार्यमा सहयाेग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयाे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व अध्यक्ष सद्दाम हुसेन खान, सचिव अनवर अलि नद्दाफ, कोषाध्यक्ष शकिर खान, सदस्य मो.रहिस खान, इब्रान खान, सलमान खान, जियाउल खान, महेश यादव, कृपाराम हरिजन लगायत शेयर सदस्यहरुबीच अन्तरक्रिया गरिएको थियाे ।
२६ जनाको सहभागिता रहेकाे कार्यक्रमलाई सचिप अनवर अलि नद्दाफले सञ्चालन गर्नु भएको थियो ।






