बर्दियामा ठुलो मात्राको इलेक्ट्रिक चुरोट बरामद

नेपालगन्ज । बर्दियाबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ ।

मधुवन नगरपालिका वडा नम्बर ८ फुलराम चोकबाट मध्यराति भेपका ८ वटा कार्टुन बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती कार्टुनमा एक हजार ९२० वटा भेप थिए । विशेष सूचनाको आधारमा खटिएको बिओपी शक्तिपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो । भेप ४८ लाख रुपैयाँ बराबरको रहेको डिएसपी थापाले बताउनुभयो ।

दुई वटा साइकलमा भारततर्फ लग्दै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि आरोपी फरार भएका थिए । बरामद भेप आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Previous articleतीज बिशेष लेखनवृत्ती प्रतियोगिता: लक्ष्मी बिसीको लेख प्रथम
Next articleराप्तीको खाली जग्गामा सामूहिक सखरखण्ड खेती सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here