राप्तीको खाली जग्गामा सामूहिक सखरखण्ड खेती सुरु

दाङ । दाङको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदि उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन् ।

खाली रहेको जमिनलाई उपयोग गर्दै कृषकलाई सामूहिक खेतीतर्फ प्रोत्साहित गर्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको उक्त कार्यमा आवश्यक बेर्ना, कृषि औजारको भाडा तथा प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले उपलब्ध गराएको छ । हाल श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको बताउँदै उत्पादन मात्र नभई बजारसम्म पु¥याएर उचित मूल्य दिलाउनु अहिलेको आवश्यकता भएको औंल्याउनुभयो । उहाँले उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Previous articleबर्दियामा ठुलो मात्राको इलेक्ट्रिक चुरोट बरामद
Next articleवडाअध्यक्षलाई पदबाट हटाएको विषयमा उच्च अदालतद्धारा कारण देखाउ आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here