
नेपालगन्ज । बाँके प्रहरीले भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दपिक पातलीका अनुसार उच्च अदालतमा तोडफोड, आगजनी र लुटपाट कार्यमा संलग्न नेपालगन्ज-४ का रवकिुमार वैश्य र एसनराज सद्दिकि, नेपालगन्ज-९ का गंगासागर वर्मा र ओमराज सोनी, नेपालगन्ज-५ का मो.ताहरि हल्वाई र नेपालगन्ज-१० का बब्लु गोडयिालाई पक्राउ गरएिको छ ।
उनीहरुवरिुद्ध अपराधकि उपद्रवसम्बन्धी कसुरमा जाहेरी परेको थियो । बाँके प्रहरीले उनीहरुलाई अदालतबाट ५ दनि म्याद थपेर अनुसन्धान गररिहेको छ ।





