
नेपालगन्ज । बाँकेकाे राप्ती नदीस्थित सिधनियाघाटमा १९ औं संस्करणकाे राप्ती गंगा महाआरती गरिएको छ ।
गंगा महाआरती समितिले शनिबार १९ औं संस्करणको राप्ती गंगा महाआरती सम्पन्न गरेकाे हाे ।
नेपालगञ्ज उपमहानगरपालिकाको राप्ती नदी तटमा आयोजित कार्यक्रममा पूजनीय गुरुहरूको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिका रूपमा सुधांशु कोइराला उपस्थित भै माता गंगाजीको आशिर्वाद लिन पुग्नुभएको थियाे ।
कार्यक्रममा समितिका अध्यक्ष सूर्यलाल यादव, वरिष्ठ सल्लाहकार ललित रौनियारलगायत सम्पूर्ण भक्तजन, सामाजिक अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा व्यवस्थापन सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
महाआरतीलाई भव्य र सफल बनाउन योगदान गर्ने सबैलाई समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेेकाे छ ।
समितिका कोषाध्यक्ष विनयचन्द्र गुप्ताकाअनुसार, यो कार्यक्रमले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ भने निकट भविष्यमा प्रत्येक महिनाको पूर्णिमाको दिनमा नियमित रूपमा आयोजना गरिनेछ ।
यसले स्थानीय समुदायमा एकता र भक्तिको भावना जगाउने अपेक्षा गरिएको बताउनुभयाे । यसैबीच, २० औं राप्ती गंगा महा आरती फागुन १८ गते साँझ ५:०८ बजे आयोजना हुने बताएकाे छ ।





