
नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्दिन राईले मतदाता भेटघाटलाई तीव्र पार्नुभएकाे छ ।
उहँले सोमवार नेपालगन्जको रानीतलाउ सब्जीमण्डी, सदरलाइन, त्रिभुवन चोक, टाङ्गा स्टेशन लगायत क्षेत्रमा गएर मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नुभएको हाे ।
मधेस र मधेसीको मुद्धा लिएर मतदाता भेटघाटमा ब्यस्त राईले मतदाताले राम्रो साथ दिँदै आएका छन् । भेटघाटको क्रममा अधिकांश मतदाताले यसपाली कमरुद्दिनलाई भोट दिने आश्वासन दिएका छन् ।
‘धेरैलाई हेर्यौँ पटक-पटक यसपाली नयाँलाई हेर्ने पक्षमा छौँ,’ नेपालगन्ज उपमहानगरपालिका ८ का जितेन्द्रकुमार सिंहले भन्नुभयाे । उहाँ पुगेको ठाउँका मतदाताले जितको शुभकामनासँगै आशिर्वाद दिएको राईले बताउनुभयाे । ‘म पुगेको ठाउँका मतदाताले राम्रो साथ दिनु भएको छ । आशिर्वाद दिनेकोसमेत कमी छैन,’ उहाँले भन्नुभयाे ।
नेपालगन्ज उपमहानगरका उपमेयर रहँदा जनताको पक्षमा गरेको कामले उहाँलाई संसदिय निर्वाचनमा सहयोग मिलेको छ । ‘मतदाता भेटघाटको क्रममा जनताले दिएको मायाले अभियानमा थप बल पुगेको छ,,’ जसपा नेपालका अरविन्द शर्माले भन्नुभयाे, ‘मतदाताको मायाले हामी हर्षित छौँ । यसले मतदाता भेटघाट गर्न हौसला मिलेको छ ।’
राईले नेपालगन्जका अधिकांश वडाका मतदातालाई भेटेर आफ्नो धारणा राख्ने र मतदाताका गुनासा सुनिसक्नुभएकाे छ । उहाँलाई यूवादेखि बुढापाकाले समेत साथ दिएका छन् । शर्माले भन्नुभयाे, ‘यूवाको रोजाईमासमेत कमरुद्दिन पर्नुभएको छ ।






