अभिनेत्री श्रीलीला बनिन् डाक्टर

काठमाडौं । दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्रीलीला आधिकारिक रुपमै डाक्टर बन्नुभएको छ । उहाँले मेडिकल अध्यायनमा डिग्री हासिल गर्नुभएको छ ।

विगत ६ वर्षदेखि चलचित्र उद्योगमा सक्रिय उहाँले अध्यायन पनि अगाडि बढाउँदै आउनुभएको थियो । उहाँले मुम्बईको चर्चित डीवाई पाटिल विश्वविद्यालयबाट एमबीबीएस डिग्री हासिल गर्नुभएको हो । फेब्रुअरी १० मा आयोजित दीक्षान्त समारोहका तस्बिर र भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

अभिनेत्रीले हासिल गरेको यो सफलता देखेर प्रशंसकहरूले खुसी व्यक्त गरिरहनुभएको छ । समारोहमा श्रीलीला मरुन रंगको गाउनमा सजिएर मञ्चमा आफ्नो डिग्री ग्रहण गरिरहेको देखिनुभएको छ । उहाँले अन्य सहपाठीहरूसँगै लाइनमा बसेर आफ्नो प्रमाणपत्र लिनुभएको र खुसी हुँदै परिवारलाई अंकमाल गर्नुभएको थियो । भिडियोमा उहाँले साथीहरूसँगै डाक्टरले लिने सपथ लिइरहेको देख्न सकिन्छ ।

सन् २०२० ब्याचकी विद्यार्थी श्रीलीला डाक्टर बनेको घोषणा हुँदा त्यहाँ उपस्थित सबैले खुसी मनाएका थिए । श्रीलीलाको अनुशासन र लगनशीलता देखेर उहाँका फ्यानहरू अचम्मित छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्रमा काम गर्दागर्दै मेडिकल पढाइ कसरी पूरा गर्नुभयो ? जहाँ पासिङ माक्र्स ल्याउन पनि मुस्किल हुन्छ ।’

अर्का एक प्रयोगकर्ताले उनलाई वास्तवमै बुद्धिमान र मिहिनेती भन्दै तारिफ गरेका छन् । धेरैले उहाँलाई डाक्टर श्रीलीला सम्बोधन गर्दै बधाई दिइरहेका छन् । श्रीलीला एक तेलुगु परिवारबाट हुनुहुन्छ । उहाँकी आमा स्वर्णलता बेङ्गलुरुकी एक प्रसिद्ध स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । श्रीलीलाले कन्नड चलचित्र ‘किस’बाट मुख्य भूमिकामा डेब्यु गर्नुभएको थियो । त्यसपछि उहाँले ‘धमाका’, ‘भगवन्त केसरी’, ‘गुुुन्टुर कारम’, ‘रोबिनहुड’ र ‘मास जथारा’ जस्ता चलचित्रमा रवि तेजा, बालकृष्ण र महेश बाबुजस्ता ठुला सुपरस्टारहरूसँग काम गरिसक्नुभएको छ ।

फिल्म ‘पुष्पा २’ को चर्चित गीत ‘किस्सिक’ मा पनि उहाँ देखिनुभएको थियो । अब उहाँ अनुराग बसुको रोमान्टिक चलचित्र मार्फत कार्तिक आर्यनको जोडी बनेर बलिउडमा डेब्यु गर्दै हुनुहुन्छ भने पवन कल्याणसँगको ‘उस्ताद भगत सिंह’ पनि उहाँको आउने फिल्म हो ।

Previous articleघरदैलोलाई सशक्त बनाउँदै कमरुद्दिन राई
Next articleअभिनेता राजपाललाई रिहा गर्न अदालतद्वारा अस्वीकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here