अभिनेता राजपाललाई रिहा गर्न अदालतद्वारा अस्वीकार

काठमाडौं । दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको छ ।

यसअघि अदालतले यादवलाई कडा टिप्पणी गरेको थियो । अदालतले स्पष्ट शब्दमा भनेको थियो, ‘तपाईं जेल जानु पर्नाको कारण भनेको तपाईंले आफ्नो वाचा पूरा नगर्नु हो ।’ योसँगै यादवले तिहाड जेलमा थप चार रात बिताउनुपर्ने भएको छ । ५ फेब्रुअरीमा अभिनेता यादवले तिहाड जेलमा आत्मसमर्पण गर्नुभएको थियो । यो मुद्दा सन् २०१० मा ‘अता–पता लापता’ फिल्म निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट लिएको ऋणसँग सम्बन्धित छ ।

यादव पक्षले अदालतमा जमानतका लागि निवेदन दर्ता गर्दै पारिवारिक विवाह समारोहमा सहभागी हुनुपर्ने कारण उल्लेख गरेको छ । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा आफ्नो लिखित जवाफ दर्ता गर्न निर्देशन दिएको छ । यसै वर्ष जनवरी २०२६ मा अदालतले अभिनेतालाई अन्तिम मौका दिँदै निर्देशन जारी गरेको थियो । अभिनेता पक्षका वकिलले अदालतलाई राजपालले ५० लाख भारु व्यवस्था गरिसकेको र भुक्तानीका लागि थप एक हप्ता समय चाहिएको बताएका थिए ।

तर न्यायाधीश शर्माले आत्मसमर्पणको समय थप गर्न गरिएको निवेदन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “चेक बाउन्सजस्ता मुद्दामा पटक–पटक गरिएका वाचाहरू तोडिनु गम्भीर विषय हो ।’ अदालतले यो पनि उल्लेख ग¥यो कि अभिनेतालाई धेरै अवसर दिइएको थियो, तर प्रत्येक पटक अदालतको विश्वास तोडिएको छ । त्यसपछि अदालतले उहाँलाई ४ फेब्रुअरी साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो ।

Previous articleअभिनेत्री श्रीलीला बनिन् डाक्टर
Next articleचोरी कार्यमा संलग्न तीन नेपाली भारतमा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here