घरदैलोलाई सशक्त बनाउँदै कमरुद्दिन राई

नेपालगन्ज । चुनावी माहोल तातिँदै जाँदा बाँके-२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यसैबीच, कमरुद्दिन राईले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै जनताको विश्वास जित्ने प्रयास जारी राख्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राई यतिबेला बाँके क्षेत्र नम्बर २ मा घरदैलो अभियानमा व्यस्त हुनुभएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिनुभएका राईले चुनावी अभियानलाई जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत अघि बढाइरहनुभएको छ ।

बिहीबारले उहाँले नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा र बुल्बुलिया १३ का विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको छ । घर–घर पुगेर उहाँले स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे चासोपूर्वक सुन्नुभएको छ । रोजगारी, स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत विषयहरु स्थानीयले प्रमुख मुद्दाका रुपमा उठाएका थिए ।

घरदैलोको क्रममा राईले आफू निर्वाचित भए स्थानीय मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको विश्वास नै मेरो शक्ति हो । यहाँका समस्याहरुलाई संघीय संसदसम्म पु¥याएर समाधानका लागि पहल गर्नेछु,” उहाँले भन्नुभयो । स्थानीय बासिन्दाहरुले पनि राईको सरल व्यवहार र प्रत्यक्ष संवाद शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Previous articleनकारात्मक आलोचनाले मात्र देशको विकास हुँदैनः नेता पुन
Next articleअभिनेत्री श्रीलीला बनिन् डाक्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here