चोरी कार्यमा संलग्न तीन नेपाली भारतमा पक्राउ

नेपालगन्ज । नेपाल भारतमा मोटरसाईकल चोरी कार्यमा संलग्न तीन जना नेपाली भारतमा पक्राउ परेका छन् । नेपालबाट मोटरसाईकल चोरी गरी भारत लैजाने र भारतबाट मोटरसाईकल गरि नेपाल ल्याउने कार्य गर्ने गरेको खुलेको छ ।

बाँकेको जमुनाहा नजिकै भारतीय बजार रूपैडिहमा रहेको प्रहरी चौकीले विशेष अभियानका क्रममा तीन नेपाली नागरिकलाई पक्राउ गरेको हो ।भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित मोल्हुपुर्वाका २२ वर्षीय साहरुप खाँ (उर्फ टोर्रा), २१ वर्षीय नफीस खाँ र ४२ वर्षीय सरीफ खाँ रहेका छन् ।

उनीहरूबाट विभिन्न स्थानबाट चोरी भएका १० वटा मोटरसाइकल बरामदसमेत गरेको छ । वरिष्ठ उपनिरीक्षक दीनानाथ सागरको टोलीले बिहीबार नेपाल भारत आईसीपी क्षेत्रको भारततर्फको आइसीपी चोकमा चेकजाँचको क्रममा उनीहरुलाई रोक्न खोज्दा उनीहरु फरार हुने प्रयास गरेका थिए । एक मोटरसाइकलमा तीनै जनालाई रोक्ने प्रयास गर्दा फरार हुन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुसंगको सोधपुछपछि उनीहरुले चोरी गरेको हिरो स्पेलेण्डर नेपाल लैजान लागेको स्वीकार गरेका थिए । प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उनीहरूले भारतीय क्षेत्र चकियारोडस्थित जंगलको झाडीमा लुकाएर राखेका अन्य ९ वटा चोरीका मोटरसाइकल पनि बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बरामद भएका मोटरसाइकलहरू भारतको बहराइच जिल्लाको नानपारा, रिसिया, रामगाउँ, कोतवालीलगायत क्षेत्र तथा लखनऊ, लखीमपुर खीरी, गोण्डाबाट चोरी भएका थिए भने केहीमा नेपाली नम्बर प्लेट जडान गरी प्रयोग गरिएको थियो ।

बरामद मोटरसाइकलहरूमा हीरो सुपर स्प्लेन्डर, पल्सर २२०, टीभीएस अपाची, होन्डा सीडी डिलक्स आदि छन् । पक्राउ परेका अभियुक्तहरूलाई रूपैडिहा प्रहरीले भारतीय दण्ड संहिता (बिएनएस) को धारा ३१७(२), ३१७ (४), ३४१(२) अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत बहराइच पठाएको छ ।

Previous articleअभिनेता राजपाललाई रिहा गर्न अदालतद्वारा अस्वीकार
Next articleनेपालगन्जको खर्च प्रगति २९.९८ प्रतिशत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here