चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर १ का चार जनालाई काँग्रेसले कारबाही गरेको हो ।

बाँके क्षेत्र नम्बर १ मा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल उम्मेदवार हुनुहुन्छ । तर पार्टीका क्रियाशिल सदस्य नै काँग्रेसका उम्मेदवारविरुद्ध लागेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

काँग्रेस बाँकेका अनुशासन समितिका संयोजक मन प्रसाद आचार्यका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का दुर्गा प्रसाद पाण्डे र जगतराम बर्मा कुर्मी, वडा नम्बर ८ का धन बहादुर खड्का र वडा नम्बर ९ का शोक बहादुर वलीलाई कारबाही गरिको हो ।

पाण्डे अन्य पार्टीका उम्मेदवारको प्रस्तावक र कुर्मी समर्थक बनेको, खड्का आफै उम्मेदवार बनेको तथा वली अर्कै पार्टीको प्रचार गरेकाले पाँच वर्षसम्म साधारण सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरिएको संयोजक आचार्यले बताउनुभयो ।

काँग्रेसका क्रियाशील सदस्य रहनुभएका खड्का उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बन्नुभएको छ भने पाण्डे उहाँको प्रस्तावक र कुर्मी समर्थक बन्नुभएको भेटिएको संयोजक आचार्यले जानकारी दिनुभयो ।

काँग्रेसले पार्टीको विद्यान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० (२९) को १ (क) र (ङ) बमोजिम पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारवाहीस्वरुप पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

Previous articleबाँकेमा प्रलोपा र जसपा नेपालबीच चुनावी सहमति
Next article‘निर्वाचनका बेला पत्रकार अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here