बाँके दुईका उम्मेदवार काेइराला सादगी जीवनकाे रथ : मल्ल

नेपालगन्ज । सामाजिक कार्यमा सक्रिय रहेका युवा आशिष मल्ल ठकुरीले आफ्नाे समर्थन नेपाली काँग्रेसलाई रहेकाे जनाउनुभएकाे छ ।

ठकुरीले नेपाली काँग्रेसका उम्मेदवार शुधान्सु कोइरालालाई खुला समर्थन दिएकाे बताउनुभयाे । उहाँले स्पष्ट शब्दमा भन्नुभएकाे छ, “पार्टी जुनसुकै होस्, काेइराला जित्नुपर्ने इमानदार व्यक्ति हो । राजनीति समाज फुटाउने होइन। समाजलाई मिलाएर अगाडि बढाउने माध्यम हो ।`

मल्लका अनुसार देश र बाँकेको भविष्य त्यस्तो नेतृत्वको हातमा हुनुपर्छ जसले समाजलाई जात, धर्म, क्षेत्रका नाममा विभाजन नगरोस् विकास निर्माणका कामलाई प्राथमिकता दिओस्, राष्ट्रिय एजेन्डा दिन सकोस् र  जनताको दुःख-पीडालाई आफ्नो पीडा बुझ्ने हुनुपर्छ ।

शुधान्सु कोइरालामा त्यो क्षमता र प्रतिबद्धता रहनुका साथै शुधान्सु, पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परिवारकाे सदस्य रहेकाले उहाँमा त्याग, सादगी र राष्ट्रप्रतिको समर्पणको रहेकाे मल्लले बताउनुभयाे ।

काेइराला राजनीतिक विरासत बोकेकाे व्यक्ति भएकाे हुनाले उहाँ जस्ताे व्यक्तिलाई जिताउनुपर्ने मल्लकाे भनाइ छ । ´यो पटक बाँकेवासीले सुशील कोइरालाको योगदानको गुण तिर्न भएपनि, इमानदार राजनीतिलाई सम्मान गर्न भएपनि, शुधान्सुलाई निर्वाचित गराउनुपर्छ,` मल्लले भन्नुभयाे । आफ्नाे यो समर्थनले बाँकेको राजनीतिक माहोलमा नयाँका लागि प्रेरित गर्ने बताउनुभयाे ।

Previous article‘किसानलाई हुने मल-बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’-कमरुद्दिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here