‘किसानलाई हुने मल-बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’-कमरुद्दिन राई

नेपालगन्ज । बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।

जसपा बाँके क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा रहनुभएका राई अहिले जनताको घरघरमा पुगेर उनीहरुको दुःख, अभाव र आशा लगायतका कुराहरु सुनिरहनुभएकाे छ ।

नेपालगन्जका २१ वडा र डुडुवाका ६ वडा समेटिएको यो निर्वाचन क्षेत्र भूगोल, सामाजिक बनावट र जीवनशैलीका हिसाबले निकै विविध छ । यही विविधताको बीचमा राईले आफ्नो घरदैलो अभियान करिब-करिब पूरा गरिसक्नुभएकाे छ ।

तर उहाँ भन्नुहुन्छ, ‘जनताको घर-आँगनमा पुग्ने काम अझै रोकिएको छैन, रोकिँदैन पनि ।’ डुडुवाको जमिन उर्वर छ । यहाँका अधिकांश नागरिक किसान छन् । तर खेतमा पसिनासँगै समस्या पनि छ । राईको टोली जब गाउँ-गाउँ पुग्छ, किसानहरु एउटै गुनासो दोहो¥याउँछन् समयमै मल र बीउविजन नपाउनु । ‘खेती गर्न मल र बीउ चाहियो, तर पाइँदैन । पाइयो भने पनि ढिलो पाइन्छ’ स्थानीय किसानहरुले राईसँग गुनासो सुनाउने गरेका छन् ।

राईले ती आवाज ध्यानपूर्वक सुन्दै प्रतिवद्धता जनाउनुहुन्छ र भन्ने गरेका गर्नुहुन्छ, ‘किसानका समस्यालाई संसदसम्म पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ नेपालगन्ज उपमहानगरपालिका भनिए पनि यहाँका धेरै बस्ती अझै विकट अवस्थामै छन् । सडक, पानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा पर्याप्त छैनन् । नागरिकहरु गास, बास र कपासकै आधारभूत समस्यासँग जुधिरहेका छन् । राई भन्नुहुन्छ, ‘शहरभित्रै यति धेरै अभाव देख्दा मन दुख्छ । विकासको नारा केवल कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ ।’

राईले चुनावी अभियानमा पूर्ण समय दिन नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदबाट राजिनामा दिनुभयाे । उहाँले आफूलाई स्थानीय तहबाट नागरिकका समस्या समाधान नहुने देखेपछि संघीय संसदमा पुग्ने बाटो रोज्नुभयाे । कमरुद्दिन राई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकारका मुद्दा पनि सशक्त रुपमा उठाउने बताउनु हुन्छ ।

उहाँले भन्नुभयाे, ‘यी समुदायका हक-अधिकारका विषय अझै पर्याप्त रुपमा सम्बोधन भएका छैनन् । म संसदमा उनीहरूको आवाज बलियो रूपमा उठाउनेछु ।’

Previous articleयोग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
Next articleबाँके दुईका उम्मेदवार काेइराला सादगी जीवनकाे रथ : मल्ल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here