विनोद चौधरी भारी मतान्तरले पराजित

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित हुनुभएको हो ।

खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाउनुभएको छ । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

Previous articleबाँकेको दुई वटा क्षेत्रमा रास्वपा र एक वटामा एमालेका उम्मेदवार विजयी
Next articleश्रीमतीको हत्या गरेर श्रीमान फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here