युवती मृत्यु घटनामा अन्यकाे खाेजी गरिँदै, तीन जना पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयाे । पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिएपनि तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयाे ।

शनिबार राती नेपालगन्ज-१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।

सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज-१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयाे । पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleखाद्य व्यवस्था नेपालगन्जमा थन्कियो १९ हजार क्विन्टल चामल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here