सशस्त्र प्रहरी बल नम्बर ३० गणद्वारा ठूलो मात्रामा लागूऔषध बरामद

नेपालगन्ज । बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेको सक्रिय परिचालन तथा गणपति नेतृत्वको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका गणपति (गण प्रमुख) को प्रत्यक्ष निर्देशन तथा सक्रियतामा सीमा क्षेत्रमा चोरी-तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको छ।

सोही अभियान अन्तर्गत मातहत बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका-१५, पिपराहा सीमा इलाकामा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गर्न सफल भएको हो ।

टोलीले करिब ५.५ (साढे पाँच) किलोग्राम अफिम जस्तो देखिने पदार्थ तथा ५ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरेको छ । साथै, उक्त लागूऔषधसहित संलग्न एक जना व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ ।

Previous articleपत्रकार महासंघ बाँकेद्वारा ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here