
होलिया । डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय पिप्रहवामा पोषण तथा खानेपानी सरसफाई र आइरन फोलिक एसिडको महत्व र स्वास्थ्य सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । खासगरी विद्यार्थीहरुलाई सचेत बनाउने उद्देश्यले सो एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।
केयर नेपाल र आईडी नेपालको सहयोग तथा डुडुवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वय सहकार्यमा भेरी वातावरणीय विशिष्टता समूहको आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पोषण, स्वास्थ्य, सरसफाई, महिनावारी स्वच्छता लगायत विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा १ नम्बर स्वास्थ्य शाखा प्रमुख रिजवान खान, सिअहेव भुवन धुरेल र विद्यालय नर्स अस्मिता पुन मगरले स्वास्थ्यका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्रधानाध्यापक शिव सापकोटाले विद्यार्थी उमेर यस्ता आवश्यक विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
उहाँले संस्थाले आफ्नो विद्यालयमा गरेको कार्यक्रमले विद्यार्थीहरुमा उत्प्रेरणा तथा सकारात्मक सोंचको विकास गर्न मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।






