ज्ञानोदय पुस्कालयका पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

नेपालगन्ज । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको बिशेष उपस्थितिमा निर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।

यही जेष्ठ १० गते भएको भएको निर्वाचनबाट एकराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल आचार्य, सचिवमा रविन्द्र प्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्र विष्ट, सहसचिवमा इश्वर प्रसाद शर्मा तथा सदस्यहरुमा मिना कुमारी बिसी, वीरेन्द्र कुमार शाही, संगिन शर्मा र जिलेदार थारु निर्वाचित हुनुभएको थियो ।

सपथ तथा पदभार ग्रहणमा निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

Previous articleबैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुँदे कार्ययोजना निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here