एनएमबी बैंकद्वारा बन्जारे गाउँ माविलाई फ्यान र बाेर्ड प्रदान

नेपालगन्ज । एन.एम.बी बैंक लिमिटेड, कारकाँदाे शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माध्यमिक विद्यालय बञ्जरे गाउँलाई छत फ्यान (सिलिङ फ्यान) र साेताे बाेर्ड प्रदान गरेकाे छ ।

बैंकले बिहीबार विद्यालय परिसरमा पुगेर विद्यालयलाई११ वटा सेलिङ फ्यान र ६ वटा सेतो बोर्डहरू उपलब्ध गराएको हाे । विद्यालयमा करिब ५ सय विद्यार्थी र कक्षा १० सम्मको छात्रावास भएको हुँदा आवश्यक सामग्रीको अभावमा विद्यार्थीहरूले समस्या झेल्दै आएका थिए ।

विशेष गरी, फ्यान नहुँदा विद्यार्थीहरू गर्मीले बस्नुपर्ने अवस्था थियो, जसले पढाइलाई निकै कठिन बनाएको थियो । विद्यालयका प्रधानध्यापक आदित्य कुमार बर्माकाे अनुरोधमा शाखाले आवश्यक सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।

सामान हस्तान्तरणमा शाखा प्रमुख प्रवीन श्रेष्ठ र सहायक सम्बन्ध व्यवस्थापक दीपक नागले विद्यालयका प्रधानध्यापक बर्मालाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

बैंकले गरेकाे सहयाेग सामाग्रीले विद्यालयको शिक्षण वातावरणलाई सुधार्ने र विद्यार्थीहरूका लागि सु:खद र सहज सिकाइको वातावरण सिर्जना गर्न मद्दत गर्ने प्रअ बर्माले बताउनुभयाे ।

Previous articleराप्ती सोनारीमा अध्यक्षले गरे विद्यार्थीसँग प्रत्यक्ष संवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here