
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ स्थित राप्ती नदीमा बगेकी एक महिलाको उद्वार गरिएको छ ।
साउन ३० गते आज शनिबार नरैनापुर वडा नम्बर ६ चौबिस बिघाकी ६५ वर्षीय सेषरानी यादवलाई राप्ती नदीमा बगेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।

राप्ती नदीमा बगिरहेको स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय भगवानपुरमा खबर लगत्तै खटिएको प्रहरी निरीक्षक सुरेश कोइरालासहित १३ जना तथा बिओपी गंगापुरबाट सहायक प्रहरी निरीक्षक अमृत दुलालसहित ९ जनाको संयुक्त रुपमा खटिएको स्थानीयको सहयोगमा यादवको उद्वार गरिएको छ ।
शनिबार दिउँसो कार्यालयमा खबर आउन साथ पुगेर स्थानीयको सहयोगमा ती महिलाकोको उद्वार गरिएको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो ।







