भदौ ६ गते युनियन बाँकेको अधिवेशन

नेपालगन्ज । यही भदौ ६ गते नेपाल प्रेस युनियन बाँकेको १३औं अधिवेशन हुने भएको छ ।

युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले यही भदौ ६ गते नेपालगन्जमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियन केन्द्रिय समितिले तोकेको समय अनुसार बाँकेको अधिवेशन तथा साधारण सभा भाद्र ६ गते तय गरिएको बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले जानकारी दिनुभयो ।

यस्तै अधिवेशनका लागि अधिवक्ता केशव कोइराला संयोजक रहने गरी निर्वाचन समिति गठन गर्ने निर्णय भएको युनियनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Previous articleवाणिज्य संघमा कोषाध्यक्ष पदका उम्मेदवार प्रसाईको उम्मेदवारी फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here