वाणिज्य संघमा कोषाध्यक्ष पदका उम्मेदवार प्रसाईको उम्मेदवारी फिर्ता

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवारमध्ये एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

वाणिज्य संघको यही भदौ ६ गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा टिकामणि उपाध्याय, सुर्य कुमार श्रेष्ठ र नारायण प्रसाद प्रसाईले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन मिति नजिकिएसँगै प्रसाईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले श्रेष्ठलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले शनिबार श्रेष्ठलाई भेटेर आफ्नो समर्थन जनाउँदै आफु फिर्ता हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार बन्नुभएका प्रसाईले आफुहरुको माग यथावत राख्ने सर्तमा श्रेष्ठलाई समर्थन गरेको स्पष्ट पाउनुभएको छ ।

Previous articleराप्तीमा बगेकी एक महिलाको उद्वार
Next articleभदौ ६ गते युनियन बाँकेको अधिवेशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here