अविस्मरणीय बनाउँदै गरे खाँको बिदाई

नेपालगन्ज । शिक्षा सेवामा रहँदा समुदायमा अतुलनिय योगदान पुर्याएपछि स्थानीय तथा सहकर्मीले सम्मान नगर्ने भन्ने हुँदैन । यस्तो व्यक्तिलाई सहकर्मीसंगै स्थानीयले पनि बिशेष मान्ने गर्छन् ।

शिक्षण सेवा अवधीमा समुदाय विकासका सकारात्मक विकासका लागि सदैव अगाडी बढ्ने बद्रे आलम खाँको नाम नौलो होइन । डुडुवाको शिक्षा क्षेत्रमा उहाँको योगदान अतुलनिय छ । आफु कार्यरत विद्यालयमात्रै नभएर समग्र क्षेत्रको विकासमा उहाँ जतिबेला पनि अगाडी बढ्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

यही अतुलनिय कार्यका लागि उहाँ सेवाबाट अवकाश हुने बेला सहकर्मी तथा स्थानीयले अबिस्मरणीय बनाए । उहाँलाई जीवनभर अबिस्मरणीय बनाउन सहकर्मी तथा शिक्षाप्रेमीले उहाँको एक औपाचारिक कार्यक्रम गर्दै सम्मान गरे ।

डुडुवा गाउँपालिका ४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाबाट अवकाश हुनुभएका खाँलाई सम्मान गरिएको छ । फुलमाला, मायाको चिनो र दोसल्लामार्फत उहाँको सम्मान गरिएको थियो ।

प्रधानाध्यापकलाई बिदाई गर्दै डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत सन्जय कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश-जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।

डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डललगायतको उपस्थिी रहेको थियो । सोही अवसरमा नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई फुलमाला दोसल्ला ओढाएर स्वागत गरिएको छ ।

Previous articleबाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै
Next articleनेपालगन्जमा मंचन हुँदै आएको रामलीलाकाे तयारी पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here