समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान

कोहलपुर । दशैँको पूर्वसन्ध्यामा समता स्कुल कोहलपुरले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले विद्यार्थीहरूलाई टीका, जमरा र दक्षिणासहित शुभकामना दिँदै बिदाइ गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका शिक्षा अधिकृत बलबहादुर विश्वकर्माले बालबालिकाको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयाे । उहाँले न्यूनतम तथा सबै कक्षामा समान शुल्कमा शिक्षा प्रदान गर्दै आएको समता स्कुलको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै शैक्षिक गुणस्तर थप सुधार गर्नुपर्नेमा जोड दिनुभयाे ।

विद्यालयका कार्यकारी निर्देशक रवि रोकायाले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकसँग नियमित संवाद गर्दै आएको बताउनुभयाे । उहाँले विद्यालयको विकासमा सहयोग गर्ने शिक्षक, अभिभावक, राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर वली, अभिभावक सङ्घका अध्यक्ष दाने दर्जीलगायत अभिभावक तथा सरोकारवालाहरूको सहभागिता थियो ।

Previous articleलोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदै : सांसद थारु
Next articleव्यक्तिगत विवादका कारण रेडियो बिजि एफ.एमको प्रसारण एक वर्षदेखि बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here