नेपालगन्जका युवालाई लघुउद्यम विकास तालिम प्रदान

नेपालगन्ज । नेपालगन्जका युवाहरुका लागि लघुउद्यम विकास तालिम प्रदान गरिएको छ । नेपालगन्जमा संचालनमा रहेको अपलिफ्ट परियोजना अन्तर्गत संचालन गरिएको पाँच दिने लघुउद्यम विकास सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च (एस डि एफ), बाँकले यो परियोजनामार्फत युवाहरुलाई उद्यमी बनाउन आवश्यक सहयोगलगायतका गतिबिधि संचालन गर्दै आएको छ ।

तालिमको समापनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश बाचपेईले तालिम लिनुमात्रै उद्यमी बन्न सकिने आधार नभएकाले केही गर्छु भन्ने आँटको आवश्यकता जरुरी रहेको बताउनुभयो । ‘जबसम्म म केही गर्छु र गर्न सक्छु भन्ने आफुभित्रको मानिसलाई जगाउन हुन्न, त्यतिबेलासम्म आफुसंग सीप भएपनि काम नलाग्ने हुन्छ,’ वडाअध्यक्ष बाचपेईले भन्नुभयो ।

स्थानीय स्तरमा धेरै रोजगारी रहेपनि युवाहरुको जाँगर नदेखाउँदा बेरोजगार भएर बस्ने अवस्था देखिइरहेको वडाअध्यक्ष बाचपेईको भनाई थियो । उहाँले त्यसकारण हामीले ठुला केही गर्छु भनेर सोच्नुभन्दा सानो कामबाट आफ्नो यात्राको सुरुवात गर्नुपर्ने र सो कार्यलाई कसरी सफल बनाउने भन्ने कुरामा सधै ध्यान पुर्याउन जरुरी रहेको बताउनुभयो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका रोजगार शाखा संयोजक मन्जु ज्ञवालीले समयको माग अनुसार युवाहरुमा सीपको आवश्यकता रहेको बताउनुभयो । ‘पछिल्लो समय युवाहरु जो रोजगार बन्न चाहन्छ, उनीहरु समयको मागबाहेक क्षेत्रमा सीप आर्जनमा लागेको देखिन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘जसका कारण स्वरोजगार हुनुका साथै दिगो स्वरोजगार हुन समस्या सृजना भएको छ ।’ श्रम बजारले खोजेको बाहेक क्षेत्रमा तालिम लिने युवाहरु बढी रहेकाले यसतर्फ पनि युवाहरुलाई ध्यान दिन अनुरोध गर्नुभयो ।

यसैगरी मंचका उपाध्यक्ष पार्वती घिमिरेले हामीले समुदायको मागमा रहेर आफ्ना उद्यम संचालन गर्न सकिए राम्रो हुने धारणा राख्नुभयो । उहाँले सीप भएपछि स्वरोजगार बन्न सजिलो भएको तर आफुले प्राप्त गरेको सीपलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा मुख्यतया ध्यान दिनुपर्ने बताउनुभयो । मंचका अध्यक्ष चम्प सिंह थापाले संस्थाले यहाँहरुको उज्वल भविष्यका लागि गतिबिधि संचालन गरिरहेकाले युवाहरुलाई यसको लाभ लिएर आफुलाई सक्षम बनाउन अनुरोध गर्नुभयो ।

समापन कार्यक्रममा परियोजना संयोजक राम श्रेष्ठ, परियेजनाका फोकल पर्सन घनश्याम उपाध्याय, कार्यक्रम अधिकृत बृजेश नाउ (ठाकुर), फिल्ड अधिकृत सुबनी क्षेत्री, अनुगमन तथा मूल्याँकन अधिकृत शान्त बहादुर चौधरी तथा दोभाषेको रुपमा रिना थापा खड्काको उपस्थिति रहेको थियो । तालिममा सहभागि युवाहरुलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रमलाई राजबहादुर चौधरीले प्रशिक्षण गर्नुभएको थियो ।

Previous articleव्यक्तिगत विवादका कारण रेडियो बिजि एफ.एमको प्रसारण एक वर्षदेखि बन्द
Next articleनुवाकोटका ती पल, केही मौनता र नबिर्सिने संवेदना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here