ठाकुरबाबामा ‘सिकाइ सुधार परियोजना’ले जगाएको आशा

शिक्षाको वास्तविक सफलता विद्यालयमा विद्यार्थीको उपस्थिति र परीक्षामा प्राप्त अङ्कले मात्र मापन हुँदैन । विद्यार्थीले कति बुझे, कति सिके र सिकेको ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्न सके यसले बिधार्थिहरुको भबिश्यको लक्ष्य दिशा दिन सक्ने कुराले शिक्षाको गुणस्तर निर्धारण गर्छ। यही मान्यतालाई केन्द्रमा राखेर बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालन गरिएको ‘सिकाइ सुधार परियोजना’ले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गरेको छ।

भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप), बाँकेले प्लान इन्टरनेसनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरेको यस परियोजनाले विशेषगरी कक्षा ६ का विद्यार्थीको गणित र विज्ञान विषयको सिकाइ सुधार, शिक्षकको क्षमता विकास, शैक्षिक सामग्रीको उपलब्धता, प्रविधिमैत्री शिक्षण र विद्यालयमा विद्यार्थीको निरन्तरता बढाउने विषयलाई प्राथमिकता दिएको थियो। सन् २०२६ को मार्चदेखि अगस्ट सम्म सञ्चालन भएको परियोजना सेप्टेम्बर १५, २०२६ मा सम्पन्न भएको थियो।

ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका विद्यालयमा सञ्चालन गरिएको परियोजनाले कमजोर सिकाइ भएका विद्यार्थीलाई सहयोग गर्ने मात्र नभई शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक र स्थानीय तहबीचको सिकाइ अनुकुलता निर्माण, सहकार्यलाई बलियो बनाउने प्रयास गरेको थियो।

उपचारात्मक सिकाइबाट कमजोर विद्यार्थीलाई विशेष सहयोग:
एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीको सिक्ने गति र क्षमता समान हुँदैन। कतिपय विद्यार्थीले पाठ सहजै बुझ्छन् भने कतिपयलाई थप अभ्यास, दोहोर्‍याएर सिक्ने अवसर र व्यक्तिगत सहयोग आवश्यक पर्छ। समयमै सहयोग नपाउँदा यस्ता विद्यार्थी पढाइमा पछि पर्ने, आत्मविश्वास गुमाउने र विद्यालयप्रति रुचि घटाउने जोखिममा हुन्छन्। यस समस्यालाई सम्बोधन गर्न परियोजनाले विद्यार्थीको सिकाइ अवस्था पहिचान गरी गणित र विज्ञान विषयमा उपचारात्मक कक्षा तथा अतिरिक्त अभ्यासको व्यवस्था गरेको थियो। विद्यार्थीको सिकाइ स्तरअनुसार शिक्षण गर्ने, सरल विधिबाट विषयवस्तु बुझाउने र नियमित रूपमा प्रगति समीक्षा गर्ने अभ्यासलाई प्राथमिकता दिइएको थियो। परियोजनाको उद्देश्य,रिकोभरि प्लानको ढाचामा भएका राम्रा पक्षलाई पछाउदै कमजोर विद्यार्थीलाई थप गृहकार्य दिने वा परीक्षामा उत्तीर्ण गराउनेमा मात्र सीमित थिएन। उनीहरूले आधारभूत अवधारणा बुझून्, प्रश्न सोध्न सकून्, अभ्यासबाट सिकून् र आफ्नो क्षमताप्रति विश्वास गर्न सकून् भन्नेमा जोड दिइएको थियो। परियोजनाअन्तर्गत ७६३ जना कम सिकाइ उपलब्धि भएका विद्यार्थीलाई लक्षित सहयोग गर्ने लक्ष्य राखिएको थियो। यसले विद्यालयमा सिकाइको कठिनाइ भोगिरहेका बालबालिकालाई समयमै पहिचान गरी सहयोग गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

शिक्षक तालिम र शिक्षण विधिमा सुधार : विद्यार्थीको सिकाइ सुधारको मुख्य आधार शिक्षक हुन्। शिक्षकले विषयवस्तु कसरी प्रस्तुत गर्छन्, कक्षामा विद्यार्थीलाई कसरी सहभागी गराउँछन् र सिकाइमा कमजोर रहेका बालबालिकालाई कस्तो सहयोग दिन्छन् भन्ने कुराले शैक्षिक उपलब्धिमा प्रत्यक्ष प्रभाव पार्छ।
यसैलाई ध्यानमा राखेर परियोजनाले गणित तथा विज्ञान विषयका शिक्षकका लागि पाँचदिने तालिम तथा विषयगत पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको थियो। तालिममा व्यवहारिक शिक्षण, कम लागतमा तयार गर्न सकिने शैक्षिक सामग्री, विद्यार्थीको सिकाइ स्तरअनुसार शिक्षण र सबै बालबालिकालाई समेट्ने विधिमा जोड दिइएको थियो। परियोजनामार्फत ६० जना शिक्षकलाई क्षमता विकाससम्बन्धी तालिम प्रदान गरिएको थियो। तालिमसँगै शिक्षकबीच अनुभव आदानप्रदान, सहकर्मी सिकाइ, नियमित बैठक र विद्यालयस्तरीय प्राविधिक सहयोगलाई पनि महत्व दिइएको थियो। तालिमले शिक्षकलाई नयाँ विधि सिक्ने अवसर दिन्छ, तर त्यसको वास्तविक प्रभाव कक्षाकोठामा देखिनुपर्छ। शिक्षकले सिकेका विधि व्यवहारमा प्रयोग गर्ने, विद्यार्थीको प्रगति अभिलेख राख्ने र आवश्यकता अनुसार शिक्षणमा सुधार गर्ने अभ्यासलाई निरन्तरता दिनु परियोजनाको दिगोपनाका लागि महत्वपूर्ण छ । गणित प्रयोगशाला र शैक्षिक सामग्रीको उपयोग स् सिकाइ सुधार परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयमा गणित प्रयोगशालाको व्यवस्थापन गरिएको छ। यसबाट करिब ६०० विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ। प्रयोगात्मक शैक्षिक सामग्रीको उपयोगले विद्यार्थीलाई गणितीय अवधारणा सहज रूपमा बुझ्न, गणितप्रतिको डर कम गर्न र सिकाइलाई व्यवहारसँग जोड्न सहयोग पुर्‍याउँछ।

साथै, सामग्रीको नियमित प्रयोग, सुरक्षित भण्डारण र प्रभावकारी व्यवस्थापनका लागि प्रधानाध्यापक तथा शिक्षकसँग समन्वय गरिएको थियो। गणितलाई धेरै विद्यार्थीले कठिन विषयका रूपमा लिने गर्छन्। सूत्र र परिभाषा कण्ठ गर्ने अभ्यासमा मात्र सीमित हुँदा गणितप्रतिको रुचि घट्न सक्छ। त्यसैले गणितलाई हेरेर, छोएर, प्रयोग गरेर र दैनिक जीवनका व्यवहारसँग जोडेर सिकाउने वातावरण निर्माण गर्नु आवश्यक हुन्छ। विद्यार्थीको यही आवश्यकतालाई ध्यानमा राख्दै सिकाइ सुधार परियोजनाले विद्यालयमा गणित प्रयोगशाला स्थापना तथा गणितसम्बन्धी शैक्षिक सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको थियो। परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयमा गणित प्रयोगशालाको व्यवस्थापन गरिएको छ। यसबाट करिब ६०० विद्यार्थीलाई गणितीय अवधारणा प्रयोगात्मक रूपमा बुझ्न र सिकाइलाई व्यवहारसँग जोड्न गणितलाई कठिन विषयका रूपमा होइन, बुझ्न सकिने र जीवनमा उपयोग गर्न सकिने विषयका रूपमा स्थापित आधार निर्माण गरेको छ।

स्मार्ट बोर्ड र प्रविधिमैत्री शिक्षण: शिक्षामा प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइलाई थप रोचक र प्रभावकारी बनाउन सक्छ। विशेषगरी गणित र विज्ञानका जटिल विषयलाई चित्र, भिडियो तथा दृश्य सामग्रीमार्फत प्रस्तुत गर्दा विद्यार्थीलाई बुझ्न सहज हुन्छ। परियोजना अन्तर्गत ९७० सात विद्यालयमा स्मार्ट बोर्ड तथा सूचना प्रविधिमा आधारित सिकाइ सुविधा विस्तार गरिएको थियो। यसबाट ६७२ विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणसँग जोड्ने लक्ष्य राखिएको थियो। स्मार्ट बोर्डको प्रयोगले शिक्षकलाई विषयवस्तु स्पष्ट रूपमा प्रस्तुत गर्न र विद्यार्थीलाई अन्तरक्रियात्मक सिकाइमा सहभागी गराउन सहयोग गर्छ। तर प्रविधिको प्रभावकारिता उपकरणको उपलब्धतामा मात्र निर्भर हुँदैन। शिक्षकको सीप, नियमित प्रयोग, उपकरणको मर्मतसम्भार र विद्यार्थीको पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

शैक्षिक सामग्री सहयोग र विद्यार्थीको विद्यालयमा निरन्तरता:
विद्यालयमा कमजोर सिकाइ हुनुका पछाडि शिक्षण विधि मात्र जिम्मेवार हुँदैन। आर्थिक कठिनाइ, शैक्षिक सामग्रीको अभाव, अनियमित उपस्थिति र घरायसी समस्याले पनि विद्यार्थीको पढाइमा असर पार्न सक्छ। यस पक्षलाई ध्यानमा राखेर परियोजनाले लक्षित बालबालिकालाई शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउने र विद्यालयमा नियमित उपस्थितिका लागि प्रोत्साहित गर्ने गतिविधि सञ्चालन गरेको थियो। उपलब्ध परियोजना विवरणअनुसार ६३६ जना बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको थियो । यसले विद्यार्थीमा पढाइप्रतिको रुचि बढाउन र सिकाइमा निरन्तर प्रयास गर्न प्रेरित गर्ने आधार तयार प्रगतिलाई पहिचान गरी सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्ने गतिविधिसमेत समेटिएका थिए।

अभिभावक र विद्यालयबीच सहकार्य: बालबालिकाको सिकाइ विद्यालयको चार पर्खालभित्र मात्र सीमित हुँदैन। घरको वातावरण, अभिभावकको चासो र समुदायको सहयोगले पनि उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण प्रभाव पार्छ। परियोजनाले विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ तथा अभिभावकसँग छलफल र अन्तरक्रियाका गतिविधि सञ्चालन गरेको थियो। अभिभावकलाई बालबालिकाको नियमित उपस्थिति, घरमा पढ्ने वातावरण र सिकाइमा देखिएका कठिनाइप्रति सचेत बनाउने प्रयास गरिएको थियो। परियोजनाको विवरणमा ६० वटा अभिभावक–शिक्षक बैठकमार्फत ७९५ जनाको सहभागिता रहेको उल्लेख छ। यस्ता बैठकले विद्यार्थीको सिकाइ समस्या पहिचान गर्न, विद्यालय र परिवारबीच सूचना आदानप्रदान गर्न तथा बालबालिकालाई आवश्यक सहयोग उपलब्ध गराउन मद्दत गर्छन्। अभिभावकले विद्यालयसँग नियमित सम्पर्क राख्ने र शिक्षकले विद्यार्थीको प्रगति तथा चुनौतीबारे जानकारी दिने अभ्यासले शैक्षिक सुधारलाई थप प्रभावकारी बनाउन मद्दत गरेको देखिन्छ ।

अनुगमन, समीक्षा र स्थानीय तहसँग समन्वय: परियोजनाका गतिविधि प्रभावकारी रूपमा सञ्चालन भए-नभएको बुझ्न नियमित अनुगमन र समीक्षा आवश्यक हुन्छ। यसका लागि परियोजनाले विद्यालय अनुगमन, प्रधानाध्यापकसँग बैठक, शिक्षकबीच छलफल तथा स्थानीय तहसँग समन्वयका गतिविधि सञ्चालन गरेको थियो। १३ वटा विद्यालय अनुगमन भ्रमण र स्थानीय तहसँग तीनवटा समीक्षा बैठक सञ्चालन गरिएका थिए। यी गतिविधिले विद्यालयमा देखिएका समस्या पहिचान गर्न, कार्यान्वयनको अवस्थाबारे जानकारी लिन र आवश्यक सुधारका उपाय खोज्न सहयोग पुगेको थिए।

सिकाइ उपलब्धिमा सकारात्मक संकेत: परियोजनासँग सम्बन्धित तीन महिनाको प्रगति विवरणअनुसार सिकाइ तह रातो सिकाइ तहमा रहेका विद्यार्थीको अनुपात ३२ प्रतिशतबाट घटेर १७ प्रतिशत पुगेको थियो भने हरियो तहमा रहेका विद्यार्थीको अनुपात १६ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको थियो। यस तथ्याङ्कले विद्यार्थीको सिकाइ स्तरमा सकारात्मक परिवर्तनको संकेत गर्छन् । विशेषगरी कमजोर सिकाइ भएका विद्यार्थीलाई लक्षित सहयोग, शिक्षकको थप प्रयास र अभ्यासमुखी शिक्षणले सुधारको अवसर सिर्जना मा टेवा पुर्याएको थियो ।

जनचाहना आधारभुत बिधालयकी छात्रा मनिषा भन्छिन “पहिले पाठ्यपुस्तकबाट मात्र पढ्दा गणितका सूत्र र उदाहरणहरू बुझ्न गाह्रो हुन्थ्यो। शिक्षकहरूले कालोपाटीमा धेरै कुरा लेख्नुहुन्थ्यो र हामीले पनि कापीमा टिप्न धेरै समय खर्च गर्नुपर्थ्यो । तर हाम्रो कक्षाकोठामा स्मार्ट बोर्ड आएपछि पढाइ बुझ्न सजिलो, स्पष्ट र रमाइलो भएको छ। अहिले शिक्षकले स्मार्ट बोर्डको प्रयोग गरेर तस्बिर, भिडियो, एनिमेसन र विभिन्न सिकाइ गतिविधिमार्फत गणित पढाउनुहुन्छ। यसले गाह्रा विषयवस्तु पनि सजिलै बुझ्न मद्दत गरेको छ। पहिले मलाई गणित विषयदेखि डर लाग्थ्यो, तर अहिले गणित मेरो मनपर्ने विषयमध्ये एक बनेको छ। नयाँ र रोचक तरिकाले सिक्ने अवसर पाएकाले मेरा सबै साथीहरू नियमित रूपमा विद्यालय आउँछन्। अहिले कक्षाकोठामा पढाइ पनि रमाइलो भएको छ। स्मार्ट बोर्डको प्रयोग सुरु भएपछि पढाइप्रतिको हाम्रो रुचि बढेको छ र हरेक दिन विद्यालय आउन अझ बढी उत्साहित हुन्छौँ।”

जगदम्बा माध्यमिक विद्यालय गणित शिक्षक गीता खड्का भन्नुहुन्छ शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि नभएसम्म शिक्षा प्रणाली प्रभावकारी हुन सक्दैन । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच बलियो सहकार्य आवश्यक हुन्छ । यस्तो सहकार्यले शिक्षित, सचेत र जिम्मेवार समाज निर्माण गर्न बालबालिकाको सिकाइस्तर सुधारका लागी महत्त्वपूर्ण योगदान गरेको छ ।

चुरे माध्यमिक विद्यालय, प्रअ राजेश यादव भन्नुहुन्छ सीमित स्रोतसाधन र आधुनिक प्रविधिको अभावका कारण हाम्रो विद्यालयमा गुणस्तरीय शिक्षण तथा सिकाइ सञ्चालन गर्न विभिन्न चुनौतीहरू थिए। सिकाइ सुधार परियोजनामार्फत स्मार्ट बोर्ड सहयोग प्राप्त भएपछि कक्षाकोठामा शिक्षण सिकाइ गर्ने तरिकामा सकारात्मक परिवर्तन आएको छ। स्मार्ट बोर्डको प्रयोगले शिक्षकहरूलाई शिक्षण सामग्री तयार गर्न लाग्ने समय बचत गर्न मद्दत गरेको छ। साथै, पाठहरूलाई प्रभावकारी, आकर्षक र विद्यार्थीले सजिलै बुझ्न सक्ने बनाएको छ। तस्बिर, भिडियो, एनिमेसन तथा अन्तरक्रियात्मक सामग्रीको प्रयोगले विद्यार्थीहरूको रुचि, सहभागिता र सिकाइ उपलब्धिमा वृद्धि भएको छ। यस परिवर्तनप्रति अभिभावक र समुदायले पनि सकारात्मक चासो देखाउनुभएको छ। उहाँहरू विद्यालयमा आएर स्मार्ट बोर्डको प्रयोगबाट सञ्चालन हुने कक्षाहरू अवलोकन गर्न प्रोत्साहित हुनुभएको छ। यसले विद्यालयप्रति अभिभावक तथा समुदायको विश्वास र अपनत्व बढाएको छ। मलाई विश्वास छ कि प्रविधिमा आधारित शिक्षण विधिले हाम्रो विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।”

ठाकुरबाबा नगरपालिका बरिष्ठ शिक्षा अधिकृत, सीता भण्डारी, भन्नुहुन्छ “सिकाइ सुधार परियोजना र ठाकुरबाबा नगरपालिकाको संयुक्त प्रयासमा ठाकुरबाबाका आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि विद्यालय सुधार योजना, शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

ठाकुरबाबा नगरपालिकाकी शिक्षा अधिकृत सीता भण्डारीका अनुसार यस पहलले विद्यालयमा योजनाबद्ध शैक्षिक सुधार र सुरक्षित विद्यालय निर्माणका लागि बलियो आधार तयार गरेको छ । स्थानीय आवश्यकताअनुसार प्रभावकारी विद्यालय सुधार योजना निर्माणमा यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्‍याएकोमा प्लान इन्टरनेशनल नेपाल र बी-ग्रुपप्रति धन्यवाद व्यक्त गर्नुभयो।

अबको आवश्यकतास् उपलब्धिलाई दिगो बनाउने :
सिकाइ सुधार परियोजनाले उपचारात्मक कक्षा, शिक्षक तालिम, गणित प्रयोगशाला, स्मार्ट बोर्ड, शैक्षिक सामग्री सहयोग, अभिभावक सहभागिता र विद्यालय अनुगमनजस्ता विभिन्न गतिविधिमार्फत शैक्षिक सुधारको आधार तयार गरेको छ। अब यी अभ्यासलाई विद्यालयको नियमित कार्यप्रणालीमा समेट्नु आवश्यक छ। ठाकुरबाबा नगरपालिकाले परियोजनाबाट प्राप्त अनुभवलाई स्थानीय शैक्षिक योजनामा समावेश गर्न सकेमा यसको प्रभावलाई अझ विस्तार हुने, विद्यालयहरूले कमजोर सिकाइ भएका विद्यार्थीलाई नियमित सहयोग दिने, शिक्षकको पेशागत विकासलाई निरन्तरता दिने र शैक्षिक सामग्रीको प्रभावकारी उपयोग अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदायको सहभागितालाई बलियो बनाउँदै प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षाको अवसर पाउने वातावरण निर्माण हुने अपेक्षा गदर्छु ।

अन्तमा सिकाइ सुधार परियोजना ठाकुरबाबा नगरपालिकाका विद्यालय शिक्षामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको महत्वपूर्ण पहल हो। यसले कमजोर सिकाइ भएका विद्यार्थीलाई लक्षित सहयोग, शिक्षकको क्षमता विकास, प्रविधिको प्रयोग, शैक्षिक सामग्रीको उपलब्धता र अभिभावकको सहभागितालाई एउटै शैक्षिक सुधार प्रक्रियासँग जोड्ने प्रयास गरेको छ। ठाकुरबाबामा सुरु भएको यो परिवर्तनको प्रयासलाई निरन्तरता दिन सकेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने, शिक्षकलाई सक्षम बनाउने र विद्यालयलाई थप प्रभावकारी सिकाइ केन्द्रका रूपमा विकास गर्ने अवसर सिर्जना हुन सक्छ। परियोजनाबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्दै स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदाय एकजुट भएर अघि बढ्न सकेमा ठाकुरबाबाको शैक्षिक भविष्य अझ उज्यालो बनाउन सकिने आशा गर्न सकिन्छ ।

Previous articleदशैँको टीका: पौराणिक आस्था, सांस्कृतिक स्थापना र सामाजिक मान्यता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here