स्व.कोईरालाकाे जीवन पद्धति अनुसरण गर्नुपर्छ : कांग्रेसी नेता

नेपालगन्ज । बाँकेमा नेपाली कांग्रेसका पुर्ब सभापति एवँ पुर्ब प्रधानमन्त्री स्व. सुशील कोईरालाको ५ औं स्मृति दिवश मनाईएको छ ।

नेपाली कांग्रेस बाँकेले सोमवार नेपालगन्जमा स्मृति सभाको आयोजना गरि दिवश मनाएको हो । बाँके सभापति किरण कोईरालाको सभापतित्वमा सभाको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वर्गीय कोईरालाको सम्झना गर्दै सबैले स्वर्गीय कोईरालाले अंगाल्नु भएको जीवन पद्धतिको अनुसरण गर्नुपर्ने बताएका छन । सभामा बोल्दै कांग्रेस बाँकेका पुर्ब सभापति युवराज शर्माले लोकतन्त्र प्राप्तीका लागि स्व कोईरालाले सम्पुर्ण जीवन अर्पण गर्नुभएको जीकिर गर्नुभयो ।

शर्माले स्व. कोईरालाको सादगी र त्यागको प्रसंशा गर्दै उहाले देखाउनु भएको बाटो अंगाल्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै पुर्ब सभापति सनत कुमार रेग्मीले बर्तमान परिवेशमा स्वर्गीय कोईरालाको बिचार झनै सान्दर्भिक भएको बताउनुभयो ।लोकतान्त्रिक संबिधान स्वर्गीय कोईरालाकै देन भएको भन्दै रेग्मीले उक्त उपलब्धीलाई कांग्रेसले रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस उपसभापति सुनिल नरसिंह राणाले संचालन गर्नुभएको कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, पुर्ब सांसदहरु ज्ञानु केसी, बादशाह कुर्र्मी, मोहम्मदी सिद्दिकी, अब्दुल हमीद सिद्दिकी, मैकुलाल बाल्मीकी, कांग्रेस महाधिबेशन प्रतिनिधी लक्ष्मीनारायण शाह, नेता राजकुमार बर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Previous articleजेष्ठ नागरिकका लागि खजुरामा निःशुल्क आँखा शिविर
Next articleप्रभात माबिमा “निर्वाचन–२०७७” सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here