
नेपालगञ्ज । बैजनाथका बिद्यार्थीहरुले सोमबार निर्वाचनको अभ्यास गरेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ५ स्थित प्रभात माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले सोमबार निर्वाचनको अभ्यास गरेका हुन ।
बिद्यालयका सहायक प्रधानाध्यापक एवं शिक्षक बाबुराम अधिकारीका अनुसार निर्वाचन हुने प्रक्रियाका बारेमा जानकारी दिनका लागि निर्वाचनलाई “निर्वाचन–२०७७” नाम दिएर अभ्यास गरिएको हो । सो क्रममा निर्वाचनका समयमा अपनाउनुपर्ने सम्पूर्ण पक्षहरुलाई महत्वका साथ अभ्यास गरिएको थियो ।
सामाजिक बिषय अन्तर्गत निर्वाचन प्रक्रिया भन्ने पाठ अनुसार निर्वाचन प्रक्रियालाई प्रत्यक्षरुपमा प्रयोगात्मक अभ्यास गरिएको हो । यसले बिद्यार्थीहरुलाई किताबमा भएको ज्ञानलाई प्रत्यक्षरुपमा जान्ने र सिक्ने अवसर प्रदान गरेको सहायक प्रअ अधिकारीले बताउनुभयो । अभ्यासमा १० कक्षाका ५४ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।






