
नेपालगञ्ज । चितुवाको छालासहित बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले आइतबार साँझ राप्ती सोनारी गाउँपालिका वडा नं १ कुसुम नजिकैबाट छालासहित ३ जनालाई पक्राउ गरेको हो ।
बाँके प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुदै चितुवाको छालाको ओसारपोसार भईरहेको भन्ने सूचना प्राप्त हुदा साथ यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार राती १० बजेको बजेको समयमा राप्तीसोनारी गाँउपालिका वडा नं १ कुसुम स्थित सडक खण्डमा शंकास्पद देखिएपछि सल्यान बाघचौर नगरपालिका ३ वस्ने जित बहादुर डि.सी, कुमाख गाउँपालिका वडा नं.७ वस्ने कमल डि.सी.र सोही ठाउँ हिमेन्द्र वलीलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुसंग भएको सामानहरुको तलासी गर्दा जित बहादुर डि.सी.ले बोकेको कालो रंगको HP लेखेको झोला भित्र रहेको दुई (२) थान चितुवाको छाला फेला परेको थियो ।





