सर्वोच्चको फैसलासंगै ठाउँ ठाउँमा दिप प्रज्वलन, नेपालगञ्जमा २१ किलो लड्डु बितरण (फोटो फिचर)

नेपालगञ्ज । संसद पुनःस्थापना भएको खुसीयालीमा बाँकेमा बिभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ । खुशीयाली मनाउन नेपालगञ्जको बिपि चोकमा जनता समाजवादी पार्टी बाँकेले दिप प्रज्वलनसहित २१ किलो लड्डु बितरण गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएसंगै बाँकेका विभिन्न स्थानमा दिप प्रज्वलन गरेर खुसियाली मनाउने क्रममा नेपालगञ्जको विपी चोक, धम्बोझी चोकमा दिप प्रज्ज्वलन गरिएको छ ।

दीप प्रज्वलन पश्चात भएको कोण सभामा जसपाका केन्द्रीय सदस्य हिक्मत बि.क., लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, बाँके अध्यक्ष कमरुद्दिन राई, नगर अध्यक्ष श्रवण यादव, महिला जिल्ला ईन्चार्ज उषा गौतमले सम्बोधन गर्नुभएको जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

यस्तै प्रचण्ड नेपाल समूहले पनि ठाउँ ठाउँमा संसद पुनःस्थापना भएको खुसीयालीमा दिप प्रज्वलन गरेको छ । सर्वोच्चको फैसला संगै देशको विभिन्न शहरसंगै बाँकेको खजुरा एक नम्बरमा दिपावली गरेर खुसियाली मनाएको हो । बाँकेको नेपालगन्ज , खजुरा, कोहलपुर र बैजनाथ समेतमा अदालतको फैसलाको सम्मानमा खुसियाली मनाएका छन् ।

Previous articleप्लाज्मा थेरापी विधि र रेम्डेसिभिरको प्रयोग प्रभावकारी : स्वास्थ्य अनुसन्धान परिषद्
Next articleप्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : नेता गौतम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here