प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : नेता गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटन गरेपछि कुनै समूहमा नलागेका गौतमले सर्वोच्चले संसद पुनर्स्थपाना गर्न आदेशको दिएको अर्को दिन बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नुभएको हो ।

उहाँले सर्वोच्चको फैसला आएको फागुन ११ को दिन ऐतिहासिक महत्वको भएको बताउनुभयो । “यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले भन्नुभएको छ । ,‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।” उहाँले यस अवसरमा आफूले नेपाली नागरिकको हैसियतमा तीन माग राखेको बताउनुभएको छ ।

यस्तो नेता गौतमको माग

१. सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ ।

३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष क। केपी शर्मा ओली र क। प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।

Previous articleसर्वोच्चको फैसलासंगै ठाउँ ठाउँमा दिप प्रज्वलन, नेपालगञ्जमा २१ किलो लड्डु बितरण (फोटो फिचर)
Next articleडेब्यू फिल्ममै सलमानभन्दा बढी थियो भाग्यश्रीको पारिश्रमिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here