कृष्णराज अधिकारी निर्देशित म्युजिक भिडियो “म तिम्रो भएँ” रिलिज

नेपालगन्ज सन्चारकर्मी हुँदै कलाकारिता क्षेत्रमा होमिएका सन्चारकर्मी हुन् कृष्णराज अधिकारी । लामो समय नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएमबाट प्रशारण हुने कार्यक्रम ‘पप लहर’बाट लाखौं स्रोताको मन जितेका कृष्णले आफ्नो कलाकारिता मार्फत पनि धेरै दर्शकको मन जितेका छन् ।

विशेषगरी पश्चिम नेपालमा आफ्नो दमदार रेडियो कार्यक्रम अनि आवाजबाट लोकप्रिय बनेका कृष्णले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् । सन्चारकर्म र कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका कृष्णले केही चलचित्र लगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।

ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)मा अभिनय एवम् निर्देशन सम्बन्धि अध्ययन समेत गरेका कृष्णले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय हुन थालेका छन् । उसो त फिल्म निर्देशन सम्बन्धि अध्ययन गरेको भएर होला कृष्णले निर्देशन गर्ने म्युजिक भिडियो फिल्मी शैलीका हुने गर्छन् ।

यसैबीच, कृष्णले नै निर्देशन गरेको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। आज मात्रै “म तिम्रो भएँ” बोलको म्युजिक भिडियो सिलौटो क्रियशनको युटुब च्यानलबाट रिलिज गरिएको हो।

बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले भिडियो रिलिज गरेको हो। सम्भवत पश्चिम नेपालमै यसरी फिल्म हलमा औपचारिक कार्यक्रम आयोजना गरि म्युजिक भिडियो रिलिज गर्ने कार्य पहिलो हो।

गीतमा लोकप्रिय गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको छ। गीतमा सिडी विजयकै शब्द अनि संगीत रहेको छ। मनिषा राइले सिडीलाई गायनमा साथ दिएकी छिन् । सिडी र मनिषाको गायिकी गीतमा मीठो सुनिएको छ। गीत पनि एकदम प्रेमिल छ।

गीतको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ। भिडियोमा ईश्वर गिरी र आस्था पन्त फिचर्ड छन् । एउटा रेष्टुरेन्टमा वईटरको रुपमा काम गर्ने युवती र नियमित त्यही रेष्टुरेन्टमा जाने गेष्टबीचको प्रेम सम्बन्धको कथालाई कलात्मक शैलीमा कृष्णले भिडियोमा देखाएका छन् ।

उसो त, इश्वर र आस्थाको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ। फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई बाँके, दाङ अनि प्युठान लगायतका स्थानमा खिचिएको हो। भिडियो हेर्दा कृष्ण अभिनयमा मात्रै होइन निर्देशकिय पाटोमा पनि अब्बल रहेछन् भन्ने कुरा स्पष्ट हुने गर्छ।

भिडियोलाई आकर्षक फ्रेममा रामु चौधरीले खिचेका छन् । रामुले नै भिडियोको सम्पादन कार्य गरेका हुन् । भिडियो हेेर्न लिंकमा थिच्नु हाेस ।
https://youtube.com/watch?v=PQ6jqHq50V0&feature=share

Previous articleदेशभर चार लाख बढिले काेभिशिल्ड लगाए
Next articleनेपालगञ्ज विमानस्थलमा शुक्रबार पहिलो पटक वृहत आपतकालीन पूर्वअभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here