नेपालगन्ज बिमानस्थलमा दुर्घटनाकाे पूर्वअभ्यास

नेपालगञ्ज । नेपालगन्जमा वृहत आपतकालिन पूर्वअभ्यास गरिएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार विमानस्थलमा यस्तो अभ्यास गर्न गरिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोलीले विमानस्थलमा अभ्यास गरेका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न गरिएकाे हाे ।

विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुन्छ । आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएकाे उहाँले जानकारी दिनुभयो ।

पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी, जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगन्ज आएका थिए । वायुसेवा कम्पनीहरुले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरुलाई नेपालगन्ज बोलाएका छन् ।

नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो । सुदुरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ । तस्बिर :कुमार श्रेष्ठ

Previous articleस्पोर्टस फर अल कमिशनको लुम्बिनी प्रदेश अध्यक्षमा मल्ल मनोनित
Next articleपूर्व घट्ना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार र एम्बुलेन्स सेवा प्रदान (फाेटाे फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here