
अरशद शेष राई
साउदी अरेबिया ।
साउदी अरेबियालमा आइतबार जहाँ ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितका बिरामीहरू भेटिएका छन त्यही २ सय भन्दा बढी कोरोना संक्रमितका बिरामीहरू निको पनि भएका छन ।
कोभिड -१९ को महामारीले गर्दा आइतवार साउदी अरेबियामा ३ सय ४८ जना नयाँ कोरोना संक्रमितका बिरामीहरू भेटिएका छन जबकिन ४ जनाको कोरोना भाइरसका संक्रमणबाट ज्यान गएको छ ।
आइतबार नयाँ भेटिएका कोरोना संक्रमित घटना मध्ये १७९ रियादमा, मक्कामा ५२, पूर्वी प्रान्तमा ४४, अल कसीममा १३, असिरमा १०, मदीनामा ९, हाइलमा ८, उत्तरी सीमा क्षेत्रका ७, नज्रानमा ६ र जाजानमा ४ वटा रेकर्ड गरिएको हो ।
साउदी अरेबियामा आइतबार थप २ सय ४७ जना बिरामीहरू निको भएपछि राज्यमा रिकभरीहरूको कुल संख्या बढेर ३ लाख ७२ हजार ७ सय ३ पुगेको साउदी स्वास्थ्य मंत्रालयले घोषणा गरेको छ ।
राज्यमा हालसम्म कूल ६ हजार ५ सय ६७ जना कोरोना भाइरसको संक्रमणले गर्दा ज्यान गुमाएका छन । स्वास्थ्य मन्त्रालयले जनाएको छ कि हालसम्म राज्यमा कोरोना भाइरस खोपको कम्तिमा २.१ मिलियन डोज प्रयोग गरिएको छ ।





