आर्य सेवा समाज बाँकेको अधिवेशन सम्पन्न

राधेश्याम धोबी, नेपालगञ्ज । बाँके जिल्लाको (आर्य समाज) धोबी बिरादरको एक भेलाले आर्य सेवा समाज बाँकेको अधिवेशन सम्पन्न गरेको छ । बाँकेको जानकी गाउँपलिका वडा नं–३ मानपुरगाँउमा समितिका पदाधिकारी, सदस्य र धोबी जाती बिरादर का सदस्यहरुको उपस्थितिमा सधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले निर्वतमान आर्य सेवा समाज बाँकेको तदर्थ समितीलाई नै निरनतरता दिने निर्णय गरेको छ । त्यस्तै समितिको सल्लाहकारमा स्वर्गीय बुधाई धोबीको स्थानमा उहाँका कान्छा भाई गया प्रसाद धोबीलाई नियुक्त गरिएको समाजका अध्यक्ष पवन कुमार कनौजियाले जानकारी दिनुभयो ।

समाजका पदाधिकारी तथा सदस्यहरुलाई सहमतिका साथ अगामी बर्षका लागि अहिलेकै तदर्थ समितिको हकहितको संरक्षण र उत्थान लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको समितिका महासचिव कौशल कुमार धोबीले बताउनुभयो ।

साथै आर्य समाज (बिरादर) को उपस्थिति बढाउनका निम्ति चैत्र २१ गतेका दिन नेपालगञ्जको महेन्द्र पार्कमा होली मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । होली मिलन कार्यक्रममा बाँके र बर्दियामा रहेका सम्पूर्ण धोबी बिरादरको सम्पुर्ण परिवार राजनीतिक दलका प्रतिनिधि समाजिक कार्यमा अभिरुची देखाउने व्यक्तित्व तथा सञ्चार संस्थाका प्रतिनिधिलाई उपस्थितिका लागि अह्वान गरिएको छ ।

यसका साथै यसै वर्ष बाँके र बर्दियामा रहेका सम्पूर्ण धोबी बिरादरको परिवारिक अभिलेख संकलन गर्ने, गरिब असहाय परिवारका बालबालिकालाई शिक्षामा पहुँचका लागि जोड दिने तथा बिवाह गर्न असक्षम परिवारलाई बिवाह खर्च जुटाउने छलफल भएको कोषाध्यक्ष राजकुमार धोबीले जानकारी दिनुभयो । साथै समाजले नेपालगञ्जमा आफ्नै भवन निर्माण गर्ने तयारी समेत गरेको छ ।

Previous articleअनलाइन पत्रकार संघ बाँके गठन
Next articleएन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here