नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापन गर्न प्लान्ट लगाउने तयारी

नेपालगञ्ज । नेपालगञ्जको दिसाजन्य लेदो (फोहोर) व्यवस्थापनका लागि सरोकारवालासंग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका शौचालयबाट निस्कने दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न कसरी के के गर्न सकिने बिषयमा सरोकारवालासंग छलफल गरिएको हो ।

छलफलमा नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिट साईट निर्माण पहिलो प्रयास भएको र अब दिसाजन्य लेदो व्यवस्थापनका लागि पनि प्लान्ट निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । नेपालगञ्जमा करिब १० करोड बराबर रुपैयाको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट समेत लगाउने तयारी गरिएको छ ।

एस एनभि नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा नेपालगञ्जमा संचालित स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत आयोजना गरिएको छलफलमा गेरुवाका अध्यक्ष कृष्ण जंग शाह, स्वच्छता टास्क फोर्स समितिका पदाधिकारी, एस एनभि नेपालका स्वच्छता सल्लाहकार राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको परियोजना संयोजक अब्दुल गफ्फार अलि शेषले जानकारी दिनुभयो ।

छलफलमा लेदो व्यवस्थापनको आवश्यकता, महत्व र गर्ने प्रक्रियाका बारेमा एस एनभि नेपालका कन्सल्टेन्ट कृष्ण योन्दोले स्पष्ट पार्नुभएको थियो ।

Previous articleपत्रकार महासंघ साझा बनाउनुपर्छ : अध्यक्ष सिग्देल
Next articleनेपालगञ्जमा एक किशोरीलाई बलात्कार प्रयास गर्ने हलवाई पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here