बलात्कार प्रयास गर्ने जुनेद र ज्यान मुद्दाका आरोपी सार्की सार्वजनिक

नेपालगञ्ज । नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ ।

गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रयास गरेका थिए । करिव डेढ महिनादेखि फरार उनलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।

हल्वाईलाई नेपाल प्रहरी इन्टरपोलका डिएसपी निशान्त श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय बाँकेका सई मणि लामिछाने नेतृत्वको विशेष टोलीले नेपाल–भारत सीमा जमुनाह नाकाबाट मंगलबार साँझ पक्राउ गरेको पत्रकार सम्मेलनमा एसपी ओम रानाले बताउनुभयो ।

नेपालगन्जस्थि एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्ने १५ वर्षीया ती छात्रा घर फर्किने बेला हल्वाईले बाटो छेकेर जबरजस्ती बसपार्क स्थित एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । बलात्कार प्रयास असफल भएपछि हल्वाईले ती किशोरीलाई हत्या प्रयास गर्दै मरणासन्न हुनेगरि कुटपिट गरेको पाइएको एसपी रानाले बताउनुभयो ।

लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । यस्तै बाँके प्रहरीले एक जना अर्का फरार अपराधीलाई पनि पक्राउ गर्न सफल भएको छ ।

खजुरा गाउँपालिका ६ का १९ बमबहादुर सार्कीलाई पक्राउ गरिएको एसपी रानाले बताउनुभयो । ज्यान मार्ने मुद्दामा सार्कीलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसपछि उनी फरार थिए । अदालतबाट दोषी ठहर भएर पनि सजाय नभोग्ने अपराधिहरुलाई बाँके प्रहरीले खोज्दै आएको छ । अहिलेसम्म ५ सय ४६ जनालाई पक्राउ गरि अदालतमा बुझाइएको एसपी रानाले बताउनुभयो ।

Previous articleनेपालगञ्जमा एक किशोरीलाई बलात्कार प्रयास गर्ने हलवाई पक्राउ
Next articleडुडुवा ५ नं. वडा कार्यालयको भवन निमार्ण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here