
नेपालगन्ज । नेपालगन्जको न्युरोडमा अमेरिकि ब्राण्डको प्रिटिक्लिक कस्मेटिक पसल संचालनमा आएको छ l
स्किन केयर र मेकअपको शतप्रतिशत ओरिजिनल र प्रमाणीकरण सामग्री मात्र पाइने यो पसल पश्चिम नेपालमा पहिलो र नेपालकै १७ औं शाखाको रुपमा शुक्रबार देखि संचालनमा आएको छ l
नेपालगन्जमा आधुनिक, गुणस्तरीय एवं सुविधा सम्पन्न सौन्दर्य सामग्रीको अभावमा मानिसको अनुहार र छाला जस्तो अत्यन्त महत्वपूर्ण र संवेदनशील अंगमा नकारात्मक असर र प्रभाव पारिरहेको अवस्थालाई दृष्टिगत गर्दै आफुले यस क्षेत्रमा केहि गर्ने उद्देश्यले शतप्रतिशत ओरिजिनल एवं प्रमाणीकरण गरिएका सौन्दर्य सामग्रीको मात्र पसल संचालनमा ल्याइएको युवा महिला व्यवसायी श्वेता कायश्थले बताउनु भयो l
नेपालगंज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले पसलको उद्घाटन गर्दै नेपालगन्जमा आधुनिक, गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको पसल संचालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो l
त्यसैगरी नेपालगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण मान श्रेष्ठले सौन्दर्य प्रति मानिस सचेत, सजग र संवेदनशील हुँदै गईरहेको वर्तमान समयमा प्रिटिक्लिकले ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो l





