युवा सशक्तिकरण बुलगारी परियोजनाको समिक्षा

नेपलागञ्ज । नेपालगञ्जमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको बुधबार समिक्षा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य, सेफ द चिल्डे«नको आर्थिक सहयोगमा सामाजिक बिकास मञ्च बाँकेले संचालन गर्दै आएको सो परियोजनाको बुधबार समिक्षा गरिएको हो ।

समिक्षामा बोल्दै नेपालगञ्जकी उपमयेर उमा थापा मगरले परियोजनाले यहाँका युवाहरुलाई सक्षम बनाउन एव अध्ययन अध्यापनका लागि गरेको सहयोग उपलब्धीमुलक देखिएको बताउनुभयो । उहाँले परियोजनाले बास्तविक व्यक्ति, जसलाई सहयोगको आवश्यकता थियो, त्यही व्यक्तिलाई सहयोग गर्न संस्था सफल भएको भन्दै धन्यवाद समेत दिनुभयो ।

उपमेयर थापाले संस्थाको सहयोगमार्फत धेरै युवाहरुले प्रत्यक्ष रुपमा उद्यम शुरु गरेको र अहिले पनि सहयोग पाएकाले राम्रै गरिरहेको आफुले पाएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले नेपालगञ्जका एकदमै पिछडिएका र समस्यामा परेका किशोरीहरुको अवस्थालाई सहज बनाउन गरेको सहयोग सराहनीय कार्य भएको बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर घर्ति, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं १३ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, नेपालगञ्ज वडा नं १२ का वडा सदस्यहरु तरुण बज्रचार्य र मनोज शाही, नेपालगञ्जका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोर्ख बहादुर थापा, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, कार्यक्रम संयोजक राम श्रेष्ठ र उद्यम संचालन गर्दै आएको युवाहरुको उपस्थिति रहेको मंचका जीवीकोपार्जन अधिकृत सहजराम यादवले जानकारी दिनुभयो ।

सन २०१६ बाट नेपालगञ्जमा शुरु भएको परियोजनाले हालसम्म गरेको कार्यक्रम, लभान्वित संख्या, उपलब्धी, समस्या चुनौती र सरोकारवालाहरुद्धारा भएको सहयोगका बारेमा समिक्षा गरिएको थियो ।

मञ्चले परियोजनामार्फत युवाहरुलाई स्वरोजगार बनाउने, सीप सिकाउने, बिभिन्न उद्यमहरु संचालनमा सहयोग तथा शिक्षा आर्जनका लागि छात्रबृति सहयोग दिने जस्ता कार्यहरु गर्दै आएको छ । सो परियोजनाले धेरे युवालाई रोजगार पनि बनाएको छ ।

Previous articleबाँकेमा यौन व्यवसायमा संलग्न ७ जना पक्राउ
Next articleबाँकेमा काेराेनाले बनाएको अवस्था, सिंगाे नेपाललाई सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here