
नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव जय सिंह केसीले नेपालगन्ज आइसोलेशन वार्डमा उपचारका लागि लागि दस हजार एक सय रूपैयाँ सहयोग गर्नुभएको छ ।
सचिव केसीले बिहीबार जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक एंव बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।
जिल्ला विपत व्यवस्थापन समिति मार्फत प्रदान गरिएको सहयोग रकम दश हजार एक सय नेपालगंज उपमहानगरपालिकाले संचालन गरेको अक्सिजन सहितको आईसोलेशन सेन्टरमा अक्सिजन भर्नको लागि रहेको सचिव केसीले बताउनुभयो ।
कोरोना महामारीको दोस्रो चरणमा आफुले सहयोग प्रदान गरेको उहाँले जानकारी दिनुभयो । रकम हस्तान्तरणका समय नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरको समेत उपस्थिति रहेको थियो ।
केसीले यसअघि पहिलो चरणको कोरोना महामारीका समयमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लाहरूमा पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सामाग्री लगायतको सहयोग प्रदान गर्नुभएको थियो ।





