होम आईसोलेसनमा बसेकालाई उपमहानगरले किट उपलब्ध गराउने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।

मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले नगरक्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो । पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४ सय जना होम आईसोलेसनमा बसेका छन् ।

बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडा स्तरीय फोकल पर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले बताउनुभयो ।

Previous articleस्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उपमहानगरको निर्देशन
Next article‘छोरो त मेरो कोरोनाले लगिहाल्यो नि !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here