बिहीबारदेखि नेट टिभी सेटटप बक्स र एपमा राधे सिनेमा

नेपालगञ्ज । नेट टिभीले बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।

ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा यो फिल्म बिहीबार नेट टिभी सेटअप बक्स र नेट टिभी एप दुवैमा देखाउने भएको छ । उक्त फिल्ममा सोही दिन विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो।

नेट टिभी सब्सक्रिप्सन भएका वल्डलिंकका ग्राहकले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत् टिभीमा हेर्न सक्छन् । वल्डलिंकका ग्राहक नबनेकाले नेट टिभी एप डाउनलोड गरेर हेर्न सकिन्छ ।

Previous articleरेमडिसिभिरको कालोबजारी गर्ने नेपालगञ्जका दुई पक्राउ
Next articleनेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here