रेमडिसिभिरको कालोबजारी गर्ने नेपालगञ्जका दुई पक्राउ

नेपालगञ्ज । कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने नेपालगञ्जका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चर्को मुल्यमा बिक्री गर्ने नेपालगञ्ज उपमहानगरपालिका-८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र अर्का नेपालगञ्ज उपमहानगरपालिका-११ का २५ वर्षीय हारुन अंशुलाई बुधबार बिहान नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले दुई भायल रेमडिसिभिर रु २५/२५ हजारमा विक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एव प्रहरी उपरिक्षक ओम बहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

Previous articleनिषेधाज्ञा थप कडा बनाउँदै बर्दिया प्रशासन
Next articleबिहीबारदेखि नेट टिभी सेटटप बक्स र एपमा राधे सिनेमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here