हरित अभियान्ता हेमन्त कन्जरभेसन अवार्ड-२०२१ बाट सम्मानित

नेपालगञ्ज ।
विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट नेपालगन्ज १९ का हरित अभियानता हेमन्त राज काफलेलाई प्रदान गरिएको छ ।

बातावरण संरक्षणमा रुची राख्ने, साथी भाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न साथी भाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने अभियान्ता काफ्लेलाई पचास हजार नगद रासीको अब्राहम कन्जरभेसन अवार्ड २०२१ सम्मानित गरिएको हो ।

काफ्लेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसक्नुभएको छ ।

‘रुखप्रति उहाँहरुको माया बढोस भनेर दिएका हो ।, ‘काफले भन्नुभयो’, नयाँ कोहिलाई भेटे बिरुवा उपहार दिन्छु ।’ नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेतलाई बिरुवा उपहार स्वरुप दिइसक्नुभएको छ ।

उहाँ सरकारी कार्यलयहरुमा आफै गैइ बिरुवा लगाउनु हुन्छ । जिल्लामा आउने नयाँ सिडियो उहाँ बिरुवाले स्वागत गर्नुहुन्छ । उहाँले खाली जमिनमा बिरुवा लगाउनुपर्छ भनेर किसानलाई प्रेरणा दिनुहुन्छ र कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिनुहुन्छ ।

उहाँले उपहार दिएका विरुवा हुर्केर ठूला भइसकेका छन् र आफै फ्लो पनि गर्छ्न कत्रो भए भनेर । उहाँले विरुवा उपहार दिएर नेपालगन्जलाई हरियाली बनाउने अभियान मात्र थालनी नभएर घर आगन र करेसाबारीमा रुख रोप्नुपर्छ भन्ने चेतना पनि जनाउँदै आउनुभएको छ ।

‘मैले विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा मात्र दिएको छैन, ‘ उहाँ भन्नुहुन्छ ‘रुख रोपेपछि बातावरण सफा हुन्छ भन्ने सन्देश पनि दिएको छु । मेरो प्रेरणाले नेपालगन्ज लगायत देशका अन्य सहरमा ६० हजार विरुवा रोपिएका छन ।’

‘पहिलो चरणमा विरुवा किनेर उपहार दिन्थे । अहिले आफ्नै करेसाबारी वा नर्सरी नि छ सुबन नर्सरी पुर्ब रेन्जर बुद्दिबल श्रेष्ठ सङ्ग मिलेर खोलेका छौं । बिरुवा उत्पादन गरि वितरण गर्छु,’ उहाँले भन्नुभयो ।

जिल्ला बन कार्यालय, जिल्ला बनस्पती कार्यालयसँग समन्वय गरेर उहाँले विरुवा ल्याउँन हुन्छ । तर, त्यतिले नपुग्ने भएपछि उहाँले आफ्नै घरमा सितलचिनी, निम, कोइराल लगायतका विरुवा उत्पादन गर्न थाल्नुभएको हो ।

शिक्षण पेशामा संलग्न उहाँ फुर्सदको समयमा विरुवा उत्पादन गर्नुहुन्छ । ‘विरुवा उपहार दिन पाउँदा मलाई स्वर्गिय अनुभूति हुन्छ,’ उहाँले भन्नुभयो, ‘हरेक दिनजसो विरुवा उपहार दिएकै हुन्छु ।’

उहाँले उपहार दिने विरुवाले वातावरण संरक्षणमा टेवा मात्र पुर्याएको छैन । रोग निवारणका लागि समेत उपयोगी छन् । उहाँले सितल चिनीको रुखको पात, जरा, बोक्रा, फलले तीन सय वटा रोगमा काम लाग्ने बताउनुभयो ।

काफ्ले समरस्ता इन्टरनेश्नल अवार्ड, भारत, ग्रिन युथ अवार्ड कायुन्सिल अफ पिस युक्रेन, हरित अभियन्ता राष्ट्रिय सम्मान र बास ब्राइट्ल्याण्ड अवार्डबाट पनि सम्मानित भइसक्नुभएको छ ।

‘जन्म, विवाह, ब्रतवन्ध र बैवाहिक बर्षगाँठको अवसरमा विरुवा उपहार दिँदा एक समय रुख बाड्ने पागलको संज्ञा पनि दिइन्थ्यो’, उहाँ भन्नुभयो, ‘ तर मैले हिम्मत भने हारेन ।’ अहिले उहाँको परिचय फेरिएको छ । उहाँ अहिले मोरिङ्गा बाबा उपनामले पनि परिचित हुनुहुन्छ । धेरैले हरित अभियन्ता र मोरिङ्गा बाबा भनेर चिन्दछन् ।

उहाँ 8 Billion Trees नामक अन्तर्राष्ट्रिय संस्थाको नेपाल रिप्रीजेन्टिभ पनि हुनुहुन्छ । climate interactive का नेपालका एम्बस्डर पनि हुनुहुन्छ ।

बातावरणप्रति उहाँको मोहमा धेरैले साथ दिएका छन् । अहिले उहाँको यो योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष (WWF) हरेक बर्ष दिईने अवार्ड प्रदान गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments