
नेपालगञ्ज । कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि बाँके प्रहरीले छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ ।
महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आईसोलेसनमा राख्नको निमित्त प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १० मा आइशोलेन केन्द्र निर्माण गरेको हो ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको सहयोगमा प्रहरीले नेपालगञ्जको गणेशमान चोकमा रहेको निस्शुल्क लागू औषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेशन केन्द्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाका अनुसार निर्माण गरिएको आइसोलेशन सेन्टरमा स्वाश्थ्यकर्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आईसोलेसन केन्द्र स्थपना गरिएको छ ।





