अवधी भाषी पत्रकारका लागि डा.कर्ण प्ररामर्शदातामा नियुक्त

नेपालगञ्ज । बाँके जिल्लामा कोरोना संक्रमित अवधी भाषी पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले कोरोना अवधिभरका लागि नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष एवम् नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विनोद कर्णलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको हो ।

डा.कर्णले होम आइसोलेसनमा बसेका पत्रकारहरुको घरमै आफु लगायत थप विशेषज्ञ डाक्टरको टोली पुगेर स्वास्थ्य उपचार गर्नुहुनेछ । ‘कुनै अवधी भाषी पत्रकारहरुलाई कोरोना लागेर बिरामी भएमा संघद्वारा डा.कर्णसहितको चिकित्सक टोलीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइनेछ’, संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले भन्नुभयो । डा. कर्णले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिएमा अस्पतालमा भर्नाका लागि रिफर गर्नुहुनेछ ।’

देशका अन्य जिल्लाका अवधी भाषी पत्रकारहरु कोभिड संक्रमित तथा विरामी पर्दा उपचारमा कुनै समस्या भएमा जिल्ला शाखामार्फत जानकारी गराएर सम्वन्धित जिल्लामा रहेका विशेषज्ञ डाक्टरको व्यवस्था गरिनेछ छ, भने आकस्मिक अवस्थामा फोनबाट समेत परामर्श दिइने व्यवस्था मिलाइने बिहीबार संघले जारी गरेको प्रस बिज्ञप्तिमा उल्लेख छ । अवधी पत्रकार संघ बाँके शाखाका सहसचिव रइस शाहीको कोरोना संक्रमणले निधन भईसकेको छ, भने अन्य केही पत्रकारहरु होम आइसोलेसनमा रहेका छन् ।

मृतक पत्रकार शाहीका परिवारलाई सरकारद्धारा केही सहयोग उपलब्ध गराउन समेत संघले जोडदार माग गरेको छ । यसका साथै कोरोना संक्रमणको लक्षण देखिएमा वा संक्रमित भएर उपचार गराउन कुनै समस्या भएमा संघको हटलाईन नंं ९८५८०२४११९, ९८४८०२५००६ र ९८४८०२३५३४ मा सिधै कल गर्न पनि अनुरोध छ । साथै जुन सुकै बेला पनि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने संघले प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Previous articleहरित अभियान्ता हेमन्त कन्जरभेसन अवार्ड-२०२१ बाट सम्मानित
Next articleनेपालगञ्जको आईसोलेसनमा बसेकाहरु भन्छन– “सेवा राम्रो छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here