बर्दियामा तीन संस्थाद्धारा ३० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

गुलरिया । कोरोना संक्रमणका कारण हटस्पट बनेको बर्दियामा संक्रमितको उपचारमा सहयोग पुराउने उद्देश्यले प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले ३० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

प्लानले बर्दियामा कार्यक्षेत्र रहेका तीन वटा गैरसरकारी संस्थाहरु, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँके, बि ग्रुप बाँके र थारु महिला उत्थान केन्द्र बर्दियामार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दिया परिसरमा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, थारु महिला उत्थान केन्द्रकी प्रिमा थारु, बि ग्रुप बाँकेका दिनेश चौधरी र प्लान सुर्खेतका बाल संरक्षण बिज्ञ दुर्गा क्षेत्रीले संयुक्त रुपमा बर्दियाका प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसीका संयोजक सन्त बहादुर सुनारलाई बुधबार उक्त सामाग्री हस्तान्तरण गर्नुभएको छ ।हस्तान्तरण गरिएको सामग्री प्रजिअले बर्दिया जिल्ला अस्पतालका प्रमुख तथा बर्दिया जिल्लाका बिभिन्न पालिकाका प्रतिनिधि एवं कर्मचारीहरुलाइ हस्तान्तरण गर्नुभएको छ ।

प्रदान गरिएको सामाग्रीहरुमा पीपीई ३३० सेट, सर्जिकल मास्क २५०० प्याकेट, (के एन ९५), माक्स २ हजार पीस, सेनिटाइजरका २ हजार ३२ बोतल तथा जारहरु, थर्मामिटर, सर्जिकल ग्लोब्स, स्प्रे ट्यांकी आदी गरेर ३० लाख १४ हजार रुपियाँ बढिका रहेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनारले संक्रमित एक्कासी ठुलो संख्यामा बढेकोले समस्या भएको तर अहिले चारैतिरको सहयोगले केही राहात महसुस भएको बताउनुभयो । उहाँले यस संकटको घडीमा सहयोग गर्ने सबै संघ संस्थाप्रति आभार पनि प्रकट गर्नुभयो ।

स्याक नेपाल बाँकेका अध्यक्ष पाण्डेले सञ्चालन गरेको हस्तान्तरण कार्यक्रममा प्लान सुर्खेतकी बाल संरक्षण बिज्ञ दुर्गा क्षेत्रीले प्लानले कोभिड विरुद्धको अभियानमा गैर सरकारी संस्थासंग मिलेर अस्पताल तथा बिभिन्न पालिकालाई सहयोग गर्दै यो लडाईमा एक्बद्धता जनाउनुभयो ।

अधिकांश गम्भीर संक्रमितको उपचार गर्दै आएको बर्दिया अस्पताल बिभिन्न स्थानीय तह र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

Previous articleप्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना
Next articleमाइती नेपालले समस्यामा परेकालाई राहत बितरण गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here