कोभिड खोपका लागि नेपालगञ्जले आवश्यक पहल गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ । बैठकले हिमानी कोषले नेपालगञ्जकाल लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ ।

हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगञ्ज उपमहानगरपालिकालाई गरेको छ । नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन उपमहानगरपालिकाले पहल गर्न थालेको हो ।

कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

Previous articleकोभिड १९ खोप अभियानमा रेडक्रस स्वयंसेवक परिचालन
Next articleशान्ति पुन : स्थापना गृहद्धारा बिषयगत समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here