शान्ति पुन : स्थापना गृहद्धारा बिषयगत समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृह काठमाडौं र बाँके शाखाले नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपमहानगरपालिका, संरक्षण विषयगत समन्वय समिति लाई उपलब्ध गराएको छ ।

बुधबार उपमहानगरपालिका कार्यालयमा नेपालगञ्जकी उपमयेर उमा थापा मगरलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो ।

Previous articleकोभिड खोपका लागि नेपालगञ्जले आवश्यक पहल गर्ने
Next articleदक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन् १० बच्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here