
नेपालगञ्ज । नेपालगंज उपमहानगरपालिकाको विभिन्न वडा स्तरमा संचालन भइरहेको कोभिड–१९ विरुद्धको खोप अभियान सफल पार्नका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वयंसेवक परिचालन गरेको छ ।
नेपालगंज उपमहानगरपालिकाको २३ वटै वडाहरुमा ६०–६४ वर्षसम्मका २ हजार ५० जना महिला पुरुषहरुलाई खोप लगाउने कार्य भइरहेको छ भने यहाँको सबै स्थानीय तहको वडाहरुमा तोकिएको खोप केन्द्रबाट पनि उक्त खोप अभियान जारी रहेको जानकारी प्राप्त भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाका स्वयंसेवकहरु आ–आप्mनो कार्यक्षेत्रमा परिचालन हुनु भएको छ ।
नेपालगंजमा संचालन भइरहेको खोप अभियानको नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, बरिष्ठ शााखा अधिकृत दोलखबहादुर डाँगी र लेखा अधिकृत झवीलाल शर्मा लगायत उपशाखाका पदाधिकारीहरुको समेत सहभागितामा अनुगमन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा विभिन्न वडामा रहेको युनिट एक्सन टीम समेत परिचालन गरिएको छ ।





